लाएन्स क्लव अफ भरतपुर मिड टाउनले गर्यो न्यानो कपडा वितरण

 

मंसिर,५ चितवन
अन्तराष्ट्रिय बाल अधिकार दिवसको अबसरमा चितवनमा न्यानो कपडा बितरण गरीएको छ । डिष्ट्रिक ३ सय २५ बि टु अन्तर्गत लाएन्स क्लव अफ भरतपुर मिड टाउनले श्री राष्ट्रिय आधारभुत बिद्यालय इच्छाकामना ७ खेतबारीमा ८ कक्षासम्म अध्ययनरत करिव २ सय जना विद्यार्थिहरुलाई कपडा बितरण गरेको हो । 

न्युन तथा मध्यम आर्थिक अबस्था भएका परिवारका बिद्यार्थिहरुलाई जाडो मौसममा बिद्यालय आउदा जादा चिसोले पार्न सक्ने असरलाई मध्यनजर गर्दै कपडा बितरण गरीएको क्लवले जनाएको छ । 

लाइन्स कलव अफ भरतपुर मिडटाउन का चार्टर्ड प्रेसिडेन्ट गंगाधर तिमिल्सेनाको सभापतित्वमा आयोजित कार्यक्रममा इच्छाकामना गाँउपालिका वडा नंम्बर ७ का वडा समिती सदस्य मनिराज चेपाङ्को प्रमुख आतिथ्यता रहेको थियो । लाएन उमेश ढकालको संयोजकत्वमा सम्पन्न कार्यक्रमको चार्टर्ड मेम्वर लाएन शम्भु भट्टले सहजिकरण गर्नुभएको थियो ।

Post a comment

Your email address will not be published.

Related Posts